ढलान गर्दा ध्यान दिनुपर्ने कुराहरु:


१) स्टेयरकेस (भर्याङ) 

 भर्याङ भनेको घरको आकर्षण बढाउने महत्वपूर्ण संरचना हो । यसको फर्मवर्क (ढलान गर्नुअघि फर्मा ठोक्ने काम) गर्दा हरेक सिंडीको उचाइ र लम्बाइ नक्सा बमोजिम हुनुपर्छ । भर्याङ भूकम्प आउँदा सबैभन्दा बढी संवेदनशील हुन्छ । त्यसैले यसको डन्डी राख्दा एकदम ध्यान दिनुपर्छ । 

 २) फर्मवर्क (फर्मा ठोक्ने काम) 

 स्ल्याबको डन्डी हाल्नुअघि फर्मवर्कहरु सबै लेभलमा छ कि छैन ख्याल गर्नुपर्छ । पानीको लेवल पाइपले सजिलै नाप्‍न सकिन्छ । अटो लेवल प्रयोग गरेर लेवल लेको झन राम्रो मानिन्छ । फर्मवर्क लेवलमा नहुँदा स्ल्याव तलमाथि हुने, डिजाइन बमोजिम मोटाइ नहुने, निर्माण सामग्रीहरु बढी खपत हुनेजस्ता समस्याहरु आउँछन् । 

 ३) प्रप्स (टेका) 

 स्ल्याबको फर्मवर्कलाई अडाउन जुन भर्टिकल सपोर्ट दिइन्छ त्यो भरसक फलामका टेकाहरु प्रयोग गर्नुपर्छ । यसको स्पेसिङ १ मिटर वा त्योभन्दा कम रेडियसमा राख्नुपर्छ। बाँसको टेका भरसक लगाउनु हुँदैन । 


 ४) आर्किटेक्‍चर डिजाइन 

 स्ल्याबको फर्मवर्क गर्दा यसमा एकदम ध्यान दिनुपर्छ । आर्किटेक्टलाई डिजाइनको लागि भनेर स्ल्याबको विभिन्‍न ठाउँमा प्रोजेक्सनहरु दिइएको हुन्छ । यो डिजाइन बमोजिम राख्नुपर्छ । नत्र हाम्रो घरको थ्रिडी डिजाइन र निर्माण भएको घरको संरचना एउटै आउँदैन । 

 ५) स्ट्रक्‍चरल डिजाइन 

 बिम, स्लाब मा डन्डीहरु स्ट्रक्चर डिजाइनरलाई गराएको जस्तै हुनुपर्छ । बिमको डन्डीहरु ल्यापिङ (डन्डीहरू गाँस्ने काम) गर्दा टप बारलाई मध्य भागमा र बटम बारलाई बीमको साइड भागतिर राख्नुपर्छ । कंक्रिट (गिट्टी, बालुवा र सिमेन्टको ) को मिश्रण तयार पार्दा पनि स्ट्रक्चर डिजाइन अनुसार गर्नुपर्छ । मेसिनमा गिट्टी, बालुवा र सिमेन्टको मिश्रण बनाउँदा डोकोबाट भन्दा क्युब बक्स प्रयोग गरेको राम्रो मानिन्छ । पानीको मात्रामा पनि निकै ध्यान दिनुपर्छ । पानी बढी पनि हाल्नु हुँदैन र कम पनि हाल्नु हुँदैन। 

 ६) पाइप फिटिङ 

 घरमा पाइप फिटिङ गर्दा सकभर एनएस स्टान्डर्ड २० एमएमको पाइप प्रयोग गर्नुपर्छ । नर्मल पाइप फुट्न सक्छ । 

 ७) सुपरभिजन इन्जिनियरले तयार पारेका डिजाइनहरु ठेकेदारलाई विस्तृतमा ब्रिफ गरिदिनुपर्छ र, १/२ दिनअगाडी इन्जीनियरलाई बोलाएर सबै चेकजाँच गरेर मात्रै ढलान गर्नुपर्छ ।

Our Courses

 

Join our Courses !!!

Launch your GraphyLaunch your Graphy
100K+ creators trust Graphy to teach online
Merotalent.com 2025 Privacy policy Terms of use Contact us Refund policy